Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आज पुलिस र आर्मीबीच भिड्दै

दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लागि आज शनिबार भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पुलिस र आर्मी भिड्न लागेका हुन् । पुलिस लगातार नौं खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो । यद्यपि पुलिस दुई खेलअघि नै अन्तिम दुईमा पुगेको थियो । पुलिस सर्वाधिक १८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

आर्मीले नौमध्ये सात खेलमा जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । प्रतियोगितामा १४ अंकका साथ आर्मी दोस्रो स्थानमा रह्यो । पुलिस र आर्मीले तेस्रो पटक च्याम्पियन हुने लक्ष्य राखेका छ । आर्मी तीन पटक उपविजेता बनेको छ । उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।