Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बाँसबारीको १० रोपनी जग्गा हिनामिना प्रकरण:

अरुण चौधरी र अजितनारायणलाई चिरायुबाट ग्राण्डी अस्पताल सारियो

बाँसबारीस्थित छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल सारिएको छ । हिजो (बिहीबार) पक्राउ परेका उनीहरुलाई चिरायु अस्पतालमा राखिएको थियो ।

अहिले त्यहाँबाट रेफर गरेर टोखास्थित ग्राण्डी अस्पताल लगिएको प्रहरी स्रोतले जानकारी दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो ।

 उनीहरुले छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप लागेको छ ।