नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले अहिले १५ औँ वार्षिकोत्सव मनाइरहेको छ। दक्षिण एसियामै पहिलो डिजिटल भक्तानी सेवा प्रदायकको रूपमा स्थापित इसेवाले नेपाललाई डिजिटल बनाउनमा पनि सधैँ अग्रणी भूमिका निभाउँदै आइरहेको छ। डिजिटल नेपालको सपनालाई साकार पार्नका लागि विविध सेवालाई डिजिटल बनाउँदै सर्वसाधारणको दैनिक जीवनशैली इसेवाले सहज बनाइदिएको थियोरछ । आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा इसेवाले पुनः आफ्ना सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टहरूमा कृतज्ञता व्यक्त गरेको छ। साथमा, देशभरी रहेका इसेवा एजेन्टहरू मार्फत परोक्ष सेवा लिईरहेका सर्वसाधारणलाई पनि धन्यवाद ज्ञापन गरेको छ। साथमा, सबैलाई कृतज्ञता ज्ञापन गर्दै इसेवाले आफ्नो १५ औँ वार्षिकोत्सवमा १५ दिनमा १५ विभिन्न आकर्षक अफरहरू ल्याउने पनि जानकारी दिएको छ।
सन् २००९ मा इसेवाको सुरुवात हुनुअघि रिचार्ज कार्ड स्क्रयाच गर्दै फोन रिचार्ज गरेको सम्झना त हामी सबैलाई नै होला। त्यस्तै, घरायसी बिजुली बत्तीको तथा खानेपानीको महशुल तिर्नका लागि पनि विद्युत प्राधिकरणको कार्यालयमा तथा खानेपानीको कार्यालयमा घन्टौं लाइन लाग्नुपरेको पनि हामी सबैलाई अहिले सम्झदा कुन्नी कहिले पो इतिहासको कुरा हो जस्तो लाग्न सक्छ। आन्तरिक उडानको लागि टिकट काट्दा समेत विभिन्न ट्राभलर टूर्सको कार्यालय धाएर आफुलाई पायक पर्ने मूल्यमा टिकट किनेको पनि अब सम्झनामा मात्र सिमीत भएको छ। इसेवाले सर्वसाधारणको यी सबै आवश्यकताहरू पूरा गर्नका लागि सबैलाई सजिलो डिजिटल उपाय चिनाईदिएको थियो। इन्टरनेटको पहुँच सिमीत ठाउँ तथा सिमीत मानिसहरूसँग मात्र हुँदा मेसेज प्रणालीमा बनेको इसेवाले आफ्नो एजेन्ट सञ्जाल देशभरी फैल्याएर सबैलाई लाइनमा पर्खनुपर्ने झन्झटबाट मुक्त गरिदिएको थियो। समयसँगै थप विविध सेवाहरू थप्दै आफ्नो सेवा परिष्कृत गर्दै आएकाले इसेवासँग आजसम्म पनि डिजिटल सेवा प्रयोग गर्दै आएका सर्वसाधारण मध्ये अधिकांश प्रयोगकर्ताहरू रहेका छन्।
नेपालभरी करिब ८१ लाख प्रयोगकर्ताले इसेवा एपको प्रयोग गर्दै आइरहेका छन्। अझै पनि देशभरीको ७५३ वटा स्थानीय तह मध्ये ७४८ वटा स्थानीय तहमा इसेवाका २ लाख ३० हजार बढी एजेन्टहरू मार्फत करिब २ करोड जनसंख्याले विविध डिजिटल सेवाको उपयोग गर्दै आएको सुखद अनुभव इसेवाले साझा गरेको छ। सबै सहरी तथा ग्रामीण स्थानहरूमा पनि आफ्नो सेवा प्रभावकारी रूपमा सर्वसाधारण बीच पुर्याउनका लागि इसेवाले ७ वटा प्रदेशमा ८ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालयहरू संचालनमा ल्याएको छ। साथमा इसेवामा ४९ं बैंक, ४५ं माइक्रोफाइनान्स, ७००ं सहकारीहरू पनि जोडिएका छन् जसमार्फत इसेवामा सजिलै पैसा पाउन तथा इसेवाबाट पैसा पठाउन सकिन्छ। डिजिटल सेवा पुर्याउदै आएका नेपालमा रजिष्टर भएका डिजिटल वालेटको सङ्ख्या २७ पुगेको भए तापनि अझै पनि सर्वसाधारणको पहिलो रोजाईमा इसेवा नै रहेको कुरा प्रयोगकर्ताको संख्याले प्रष्टै देखाउँछ। नेपालमा विविध ग्रामीण स्थानमा समेत डिजिटल सेवा पुर्याउन तथा डिजिटल लिटरेसीका लागि इसेवा सधैँ तत्पर रहेको जनाएको छ। हाल ४ लाख बढी मर्चेन्टको साथमा इसेवाले ५ हजार बढी विविध सेवाहरू पुर्याउँदै आइरहेको छ।
नवीनता अर्थात् इनोभेशनलाई आत्मसाथ गर्दै अघि बढिरहेको इसेवाले समयसँगै सर्वसाधारणको जीवनशैलीलाई थप सहज बनाउनका लागि नयाँ-नयाँ सेवाहरू प्रदान गर्दै आइरहेको छ। अहिले मोबाइल रिचार्ज गर्न, खानेपानी र बिजुली बत्तीको महशुल तिर्न, स्कुल तथा कलेजको फी तिर्न, इन्स्योरेन्सको प्रिमियम तिर्न, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट किन्न, टिभी तथा इन्टरनेटको बिल तिर्न, सरकारी बिलको भुक्तानी गर्न, रेमिट्यान्स पाउन, बस तथा केबलकारको टिकट काट्न, फिल्मको टिकट काट्न, डिजिटल कारोबार गर्न, सहकारीमा पैसा राख्न तथा झिक्न, बैंक खातामा तथा साथीहरूलाई पैसा पठाउन, अस्पतालमा सेवा बुक गर्न लगायतको थुप्रै सुविधाको उपयोग गर्नका लागि सर्वसाधारणले इसेवाको प्रयोग गर्दै आएका छन्।
यत्तिका विविध सेवाहरू इसेवामा उपलब्ध रहे तापनि इसेवाले अझ विविध सेवाहरू थप्दै आइरहेको नै छ। केही समय अघि, अनलाइन व्यापार-व्यवसायमा ठगीको मुद्दाहरू बढ्दै जाँदा इसेवाले एस्क्रो सेवा बजारमा ल्याएको थियो, जसमार्फत अपेक्षा गरिएको सेवा र सामानको चित्तबुझ्दो डेलिभरीपछि मात्रै प्रयोगकर्ताले व्यवसायीलाई सेवाको लागि भुक्तानी गर्न सक्छन्। इसेवा अहिले आफ्नो प्रयोगकर्ताका लागि एप तथा वेबमार्फत होटेल बुक गर्ने सजिलो माध्यम पनि बन्दै आएको छ। त्यस्तै, गतवर्ष मात्रै इसेवाले इसेवा वालेटमा भएको पैसा एटीएम बुथ मार्फत बिना एटीएम कार्ड निकाल्नका लागि एटीएम विथड्र सेवा पनि संचालनमा ल्याएको छ। त्यस्तै, डिजिटल कारोबारको खबर आवाजमार्फत् तुरुन्तै पुर्याउनका लागि इस्पीकर यन्त्र पनि इसेवाले भर्खरै मात्र बजारमा ल्याएको छ। साथमा इन्स्योरेन्सको लागि इसेवा केयर प्याकेज र घर तथा सम्पत्ति बीमा पनि इसेवाबाटै सबैले डिजिटल रूपमा खरिद गर्न सक्छन्। हाल ४ लाख बढी मर्चेन्टको साथमा इसेवाले यी विविध सेवाहरू पुर्याउँदै आएको छ।
इसेवाको १५ औँ वार्षिकोत्सवको बहार
इसेवाले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ ९जनवरी २५० देखि माघ २५ ९फेब्रुअरी ८० सञ्चालनमा रहनेछ। इसेवाले १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, एजेन्ट सञ्जाल तथा मर्चेन्टहरू प्रति कृतज्ञता जाहेर गर्दै १५ दिनमा १५ विभिन्न आकर्षक अफरहरू ल्याएको बताएको छ। आफ्नो १५ औँ वार्षिकोत्सवमा धेरै भन्दा धेरै प्रयोगकर्तालाई लाभ पुर्याउनका लागि टपअप, हवाई टिकट, बैंक लोड, इसेवा केयर, इस्पीकर खरिद, होटेल बुकिङ लगायतका विविध सेवाहरूमा आकर्षक अफर इसेवाले ल्याएको हो। यी सबै अफरबारे थप जानकारी इसेवाको आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध हुने पनि इसेवाले जनाएको छ।
१५ औँ वार्षिकोत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भन्नुभयो “हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने सम्पूर्ण इसेवा प्रयोगकर्ता, एजेन्ट सञ्जाल, मर्चेन्ट, पाटनर्स बैंक, नियमक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। हामीले आगामी दिनमा इसेवाको मोबाईल एपलाई सम्पूर्ण आम मानिसको हरेक क्रियाकलापमा साथ दिनलाई थप विविध सेवाहरू अझ सुदृध रूपमा लिएर आउने लक्ष्य लिएका छौँ। मलाई आशा छ डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ”। डिजिटल कारोबारको प्रणालीलाई अपनाएर निरन्तरको यो साथका लागि सधैँ आभारी रहेको पनि इसेवाले जनाएको छ।
इसेवाको अहिलेसम्मको यात्रा
सन् २००९ जनवरीबाट यात्रा सुरु गरेको इसेवा नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक हो। सहरी तथा दुर्गम क्षेत्रमा मोबाइल रिचार्ज देखि बिजुलीको बिल तिर्न अनलाइनबाटै सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि सजिलो थिएन। इसेवा के होरु यसबाट के(के गर्न सकिन्छरु वा यो कसरी चलाउने भन्नेबारे सर्वसाधारण अनभिज्ञ रहनु पनि स्वाभाविक नै थियो। साथमा इन्टरनेटको पहुँच पनि सर्वसाधारणमा राम्रोसँग पुगेकै थिएन। ती तमाम चुनौतीहरूको समाधान गर्दै आजको दिनसम्म ८१ लाख बढी प्रयोगकर्तासँग इसेवा एपमार्फत प्रत्यक्ष रूपमा तथा एजेन्ट सञ्जाल मार्फत् करिब २ करोड जनसङ्ख्यालाई सेवा प्रदान गर्न सक्नु कुनै चानचुने काम हैन। आफ्नो १५ वर्षको यस यात्रामा इसेवाले थुप्रै सर्वसाधारणको भरोसा तथा मर्चेन्टहरूको दरिलो साथ पनि पाएको छ।
सन् २००९मा स्थापना भएको इसेवाले सन् २०१० मा आफ्नो मोबाइल एप्लिकेसन ल्याएको थियो। सन् २०१२मा इसेवाले सुरुवाती दिन तथा अहिलेको सर्वसाधारणमा पुग्ने बलियो मेरुदण्डको रूपमा रहेको एजेन्ट नेटवर्क (सञ्जाल) सुरु गरेको थियो। सन् २०१३ मा सूचना तथा सञ्चार मन्त्रालय मार्फत उत्कृष्ट टेक्नोलोजीको अवार्ड पाएको थियो। सन् २०१७ मा नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकमार्फत इसेवाले भुक्तानी सेवा प्रदायकको रूपमा अनुमतिपत्र ९लाइसेन्स० प्राप्त गरेको थियो। सोही वर्ष अनलाइन मोबाइल रिचार्ज ९टपअप० का लागि शीर्ष विक्रेता९टप सेलर० भएकोमा नेपाल टेलिकम मार्फत पनि सम्मानित भएको थियो। सन् २०१८ मा ५ लाख एप डाउनलोडको उपलब्धि हासिल गरेको इसेवाले ३ वर्षको अवधिमा १० गुणा वृद्धि ल्याउँदै सन् २०२१ मा ५० लाख एप डाउनलोडको उपलब्धि हासिल गरेको थियो। सन् २०२२ सम्ममा २ लाख मर्चेन्टको सेवा डिजिटल रूपमा प्रदान गरिरहेको इसेवाले अहिले ४ लाख बढी मर्चेन्टको सेवा प्रदान गरिरहेको छ। हाल इसेवामा ८१ लाख बढी प्रयोगकर्ताले प्रत्यक्ष सेवा लिइरहेका छन् भने २ लाख ३० हजार बढी इसेवा एजेन्ट मार्फत २ करोड बढी सर्वसाधारणले परोक्ष रूपमा डिजिटल सेवाको उपयोग गरिरहेका छन्। हाल इसेवामा ४००ं कर्मचारीहरू तथा १७५ं क्षेत्रीय प्रतिनिधीहरू रहेका छन्। इसेवाको विभिन्न सामाजिक सञ्जालमा समेत ९ लाख ३० हजार बढी प्रयोगकर्ताहरू जोडिएका छन्।
इसेवाबारे के भन्छन् त मर्चेन्टहरू?
इसेवा मार्फत ८१ लाख बढी प्रयोगकर्ताहरू माझ सजिलै डिजिटल सेवा प्रदान गरिरहेका ४ लाख बढी मर्चेन्टहरू इसेवाप्रति सकारात्मक नै रहेका छन्। इसेवाबारे आफ्नो तथा आफूले प्रतिनिधित्व गर्ने संस्थाको इसेवाबारे धारणा थुप्रै मर्चेन्टहरूले साझा गरेका थिए।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको डिजिटल यात्रामा विगत ६ वर्ष देखि इसेवाले ठूलो योगदान पुर्याउदै आएको बताउनुभयो। हाल करिब १२ लाख ग्राहकले इसेवा मार्फत विद्युत महशुलको भुक्तानी गरिरहेका छन्। आगामी दिनमा नेपाल विद्युत प्राधिकरणमा रहेका करिब ५०(६० लाख ग्राहकलाई बढी भन्दा बढी सेवा इसेवा मार्फत सेवा लिन सक्ने प्रबन्ध मिलाउने तर्फ मिलेर अघि बढ्न पनि घिसिङले आग्रह गर्नुभयो। त्यस्तै, बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले सम्पूर्ण नेपाली सेवाग्राहीलाई धेरै लामो लाइन बसेर खरिद भुक्तानी गर्नुपर्ने झन्झटबाट इसेवाले मुक्त गरिदिएको बताउनुभएको छ। केही क्लिक मै खरिद भुक्तानी गर्न सकिने सजिलो सुविधा इसेवाले बनाइदिएकाले धेरै मानिसलाई धेरै(धेरै सुविधा भएको पनि बस्नेतले थप्नुभयो।
सुबिसु केबलनेट लिमिटेडका अध्यक्ष सुधिर पराजुलीले इसेवा डिजिटल इकोसिस्टममा आउँदा एउटा साथी आएजस्तो भएको बताउनुभयो। ग्राहकले तिर्नुपर्ने पैसा सजिलै डिजिटल माध्यमबाट उठाइदिने साथीको रूपमा इसेवा आएपछि पैसा बचाउनलाई पनि सजिलो भएको बताउनुभयो। ६ महिना जतिको कोभिड महामारीको लकडाउनको समय सम्झँदै पराजुलीले( उक्त समयमा इसेवामार्फत डिजिटल रूपमा सेवा सुचारु रहेकाले ग्राहकबाट पैसा उठाउन, आफ्नो कर्मचारीहरूलाई तलब दिन तथा अरूहरूलाई पैसा दिनलाई पनि उठाउन सजिलो भएकाले ठूलो योगदान पुर्याएको स्मरण गर्नुभयो। त्यस समयले सरकारलाई पनि डिजिटल भुक्तानी सेवा प्रदायक अत्यावश्यक सेवामा पर्दो रहेछ भनेर सरकारलाई पनि सिकाएको जिकिर गर्नुभयो। डिजिटल माध्यमबाट कारोबार गर्दा पारदर्शीता रहने तथा कम्पनीहरूलाई पनि करको मामिला तथा अन्य कारोबारको मामिलामा ढुक्क हुन सक्ने वातावरण बनेको कुरा पराजुलीले बताउनुभयो। पराजुलीले अन्य व्यवसायीलाई पनि सुझाव दिँदै इसेवा जस्ता डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरू सँग आबद्ध भई व्यवसायलाई सहज बनाउनलाई प्रोत्साहन समेत गर्नुभयो।
डीस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले इसेवासँग आवद्ध भएपछि व्यवसायको मोडेलमा पनि परिवर्तन आएको बताउनुभयो। इसेवामार्फत ग्राहकहरूले सेवाको लागि तत्कालै रिचार्ज गर्नलाई पनि सजिलो भएकाले ग्राहकसँग सिधै जोडिनलाई तथा ग्राहकहरू सामु पुग्नलाई सजिलो भएको आचार्यले बताउनुभयो। जुन हिसाबले डिजिटल इकोनोमीलाई इसेवाले टेवा पुर्याउदै तथा अग्रणी भूमिका निभाउँदै आइरहेको छ त्यो निरन्तर अघि बढोस् भन्ने कामनासहित इसेवाका लागि उत्तरोतर प्रगतिको कामना पनि आचार्यले गर्नुभयो। त्यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्रा। डा। चित्र बहादुर बुढाथोकी ९मगर०ले इसेवाले शिक्षाको सेवामा पनि सहरी तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई थप सहजता पुर्याएको बताउनुभयो। कोभिड महामारीको लकडाउनको समय सम्झँदै दुर्गम गाउँठाउँमा रहेका विद्यार्थीले पनि आफ्नै घरमा बसेर सजिलै फारम भरेको कुरा स्मरण गर्नुभएको थियो।
टी’ज आमोर अनलाइन स्टोरका प्रोप्राइटर दिया तामाङले इसेवाले व्यापार व्यवसाय विस्तार गर्नलाई ठूलो सहयोग गरेको बताउनुभयो। इसेवाले आफ्नो व्यवसायलाई मात्र नभई सजिलै कारोबार गर्नका लागि सबै व्यवसायीलाई सहयोग गरेकोमा जोड दिनुभयो। व्यक्तिगत रूपमा पनि घरायसी बिल देखि हवाई टिकटको सजिलो सुविधाका लागि इसेवाको नियमित ग्राहक रहेको अनुभव पनि उहाँले खुशी हुँदै साझा गर्नुभयो। आगामी दिनमा इसेवाको अझै प्रगति भएको तथा सेवाहरू बिस्तार भएको हेर्ने इच्छा भएको भन्दै तामाङले शुभेच्छा व्यक्त गर्नुभयो।
इसेवाले देशभरी विभिन्न स्थानमा रहेका साना तथा मझौला व्यवसायीहरू, घरेलु व्यवसायीहरू तथा ठूला व्यवसायीहरूलाई पनि आफ्नो डिजिटल सेवाबाट टेवा पुर्याउदै आएको छ। साथमा, नवीन सोचसँग व्यापार(व्यवसायमा लागेका नयाँ पिंढीलाई पनि इसेवा जस्ता डिजिटल प्लेटफर्मले थप सुविधा तथा प्रोत्साहन प्रदान गरिरहेकै छ।
इसेवाको अबको यात्रा
इसेवाका चिफ स्ट्र्याट्रेजी अफिसर, रबि शाक्यले प्रयोगकर्तामा केन्द्रीत नवीनता ९युजर फोकस्ड इन्नोभेशन०, सेवा विविधीकरण ९सर्भिस डाइभर्सीफिकेसन० र वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच ९फाइनेन्सियल इन्क्लुजन तथा फाइनेन्सियल एक्सेस० नै इसेवाको सेवाका ३ प्रमुख स्तम्भहरू रहेको र आगामी दिनमा यी ३ स्तम्भलाई नै ध्यानमा राखेर आफ्नो सेवालाई बिस्तार तथा थप सुदृढ बनाउँदै लैजाने इसेवाको योजना रहेको जानकारी दिनुभयो। बैंक तथा अन्य वित्तीय सेवाहरूको पहुँच भन्दा टाढा रहेका स्थान तथा मानिसहरूमा वित्तीय कारोबारका लागि सजिलो डिजिटल उपायको रूपमा इसेवाको सेवा विस्तार गर्दै लैजाने कुरामा पनि उहाँले जोड दिनुभयो। दुर्गम स्थानहरूमा डिजिटल साक्षरता ९लिटरेसी० का लागि ध्यान केन्द्रीत गर्दै इसेवा अघि बढ्ने कुरा पनि उहाँले बताउनुभयो। त्यस्तै, अन्तरदेशीय भुक्तानीमा पनि इसेवाको सेवा विस्तार हुने कुरा उहाँले जानकारी दिनुभयो।
इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले आगामी दिनमा इसेवाले स्थानीय भाषाको प्रयोग मार्फत स्थानीयकरण तथा पर्सनालाइजेशनमा समेत ध्यान केन्द्रीत गर्ने बताउनुभयो। नेपाली भाषामा पनि इसेवा एप चलाउन मिल्ने सुविधा छिट्टै सबै सर्वसाधारणले पाउन सक्नेबारे उहाँले जानकारी दिनुभयो। आफ्नै बोलीचालीको भाषामा इसेवा चलाउन पाएपछि इसेवाका ग्राहकहरूलाई थप सजिलो हुने कुरामा उहाँले जोड दिनुभयो।
अहिले आर्टिफिसियल इन्टेलिजेन्सको जमाना रहेको छ। केही समय अघि मात्र इसेवाले प्रयोगकर्ताले आफ्नो जिज्ञासा वा गुनासो आफ्नो एप तथा वेबबाट डिजिटल रूपमा दर्ता गर्न सक्ने सिस्टम ल्याएको थियो। प्रयोगकर्ताले इसेवाको विविध सेवासुविधाको प्रयोग गर्दा कुनै पनि समस्या आइपरेमा कल, इमेल गर्नुको सट्टामा एपबाटै डिजिटल रूपमा स्क्रिनशट सहित जुनसुकै समयमा आफ्नो समस्या दर्ता गर्न सक्ने गरी नयाँ सिस्टम ल्याइएको हो। प्रयोगकर्तालाई थप सहजता साथ आफ्नो जिज्ञासा राख्नका लागि इसेवाले इसेवा असिस्टेन्ट नामक एआई प्रोग्राम छिट्टै नै लिएर आउने पनि इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताउनुभयो। मेसिन लर्निङमार्फत् यस प्रोग्रामले सबै प्रयोगकर्ताका लागि सजिलै जिज्ञासाको समाधान बताइदिने र समयसँगै थप प्रभावकारी हुँदै जाने पनि उहाँले जनाउनुभयो। चिफ बिजनेस अफिसर आशिष गौतम तथा चिफ स्ट्र्याट्रेजी अफिसर रबि शाक्य दुवैले वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच (फाइनेन्सियल इन्क्लुजन तथा फाइनेन्सियल एक्सेस)लाई केन्द्रमा राखेर आफ्ना विविध सेवाहरूलाई थप सुदृढ रूपमा अगाडि लैजाने कुरामा जोड दिनुभयो।