Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

बीपी प्रतिष्ठानका कामु उपकुलपति कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार, वैद्य निकट तीन कार्यकर्ता पक्राउ

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा.प्रल्हाद कार्कीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् ।

कामु उपकुलपति डा. कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्य निकट क्रान्तिकारी माओवादीका तीन कार्यकर्ता पक्राउ परेका हुन् । अभद्र व्यवहारमा संलग्न आरोपमा सम्राट थापा, निशान राई र भीम सुराखेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले प्रतिष्ठान र कर्मचारीलाई बन्धक बनाएको भन्दै कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।