Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

शहीदहरुको सपना पूरा गर्न साझा संकल्प गरौं: उपप्रमुख डंगोल (फोटो/भिडियो)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना साक्षी राखी एकजुट भएर काम गर्न आवश्यक रहेको बताएकी छिन् ।

Photo (13).jpg

मंगलवार काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदहरुको बलिदानको जगमा टेकेर सबैले स्वतन्त्रता र स्वाधिनताको उपयोग गरिरहेको भन्दै शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि भने अहिले हामी सबैका बीचमा साझा संकल्प चाहिएको बताइन् ।

Photo (4).jpg

उनले भनिन्,‘शहीदहरुको बलिदानको जगमा टेकेर आज हामी जसरी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधिनताको उपयोग गरिरहेका छौँ। हामीले अहिले प्रयोग गरिरहेको लोकतान्त्रिक शासन व्यवस्था पनि यसैको नतिजा हो । शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि भने अहिले हामी सबैका बीचमा साझा संकल्प चाहिएको छ । जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको छ । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

Photo (1).jpg

उनले नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी पहुँचयुक्त विकासमा प्रतिबद्ध रहेको बताइन् । स्थानीय सरकार तहगत रुपमा नै नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने र त्यसैबाट शहीदले देखेका सम्पूर्ण सपनाहरु पूरा गर्न सकिने उनको भनाइ छ । 

भिडियो:

 
थप केही तस्बिरहरु:
 
Photo (2).jpg

Photo (8).jpg

undefinedundefined