Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

मनिषा कोइरालालाई भेटेपछि मख्ख दुर्गा प्रसाईं!, के के भयो कुराकानी?

अभिनेत्री मनिषा कोइराला र मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंबीच भेट भएको छ। आइतबार दिउँसो भएको भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी भएको बताइएको छ।

काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं मनिषासँगको भेटपछि उत्साही देखिएका छन् । मनिषाले देशको दुरावस्थाप्रति चिन्ता प्रकट गर्दै आफ्नो राष्ट्र बचाउ महाअभियानप्रति नैतिक समर्थन देखाएको उनको भनाइ छ ।

बीपी कोइरालाको नातिनी, कोइराला परिवारको सदस्य भएका कारण पनि मनिषामा राजनीतिक चरित्र रहेको प्रसाईंको भनाइ छ । आफूसितको कुराकानीमा मनिषामा वैदिक सनातन धर्म संस्कृति, राष्ट्रियता र राजसंस्थाप्रतिको रुझान पाएको उनले बताए।