Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

बागलुङको ईमेज सहकारीका कोषाध्यक्ष पक्राउ

ईमेज बचत तथा ऋण सहकारी संस्था लि. बाग्लुङका सञ्चालक समितिका कोषाध्यक्ष पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बागलुङ घर भएकी २७ वर्षीय लक्ष्मी सेन सुनार रहेकी प्रहरीले जनाएको छ ।

सरिता तिमल्सेना (कँडेल) समेतको संयुक्त्त जाहेरीले वादी नेपाल सरकार प्रतिवादीहरू इमेज बचत तथा ऋण सहकारी संस्था लि। बागलुङका संचालक समितिका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपाली समेत ८ जना भएको सहकारी ऐन २०७४, अन्तर्गत कसुर प्रतिवादीलाई पक्राउ गर्न बागलुङ अदालतबाट जेठ २४ गते पक्राउ अनुमति बमोजिम देब कुमार समेत ८ जना प्रतिवादीलाई खोजतलास गर्ने क्रममा लक्ष्मीलाई ललितपुरको धोविघाटबाट बिहीबार पक्राउ गरेएको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी बागलुङमा पठाएको प्रहरीले जनाएको छ ।