Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चिनियाँ उपमन्त्री भोलि नेपाल आउँदै, शीर्ष नेतासँग भेटघाट गर्ने

बंगलादेश भ्रमणमा रहेकाी चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि (शुक्रबार) नेपाल भ्रमणमा आउने भएको छ ।

माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले बिहीबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । बंगलादेश भ्रमण सकेर उनी नेतृत्वको टोली भोलि (शुक्रबार) बिहान साढे ११ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम छ । टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने भएको छ ।