Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रियसभा सदस्य निर्वाचन: कर्णाली प्रदेशमा शतप्रतिशत मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ ।

यहाँ शतप्रतिशत मतदान भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले बाह्रखरीलाई जानकारी दिए । दिउँसो ३ बजेसम्म मतदानको समय भए पनि त्यसअघि नै शतप्रतिशत मत खसेको उनले बताए । प्रदेशसभा सदस्य ४० र गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र नगरपालिकाका प्रमुखरउपप्रमुख १५६ गरी कुल १९६ जनाले मतदान गरेका हुन् ।

कर्णालीमा तीन पदका निम्ति निर्वाचन भएको हो । दिउँसो ३ बजेपछि मतगणना सुरु गरिने रावलले बताए ।