Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रियसभा निर्वाचन: वाग्मतीमा ३३० जनाले गरे मतदान

राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज निर्वाचन भइरहेको छ । 

जसमध्ये चार पदका लागि वाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा पनि मतदान भइरहेको छ । हालसम्म वाग्मतीमा ३३० जनाले मतदान गरेका छन् ।  प्रमुख निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार हालसम्म स्थानीयतहतर्फ २३७ मतदातामध्ये २२९ जनाले मत हालेका छन् ।

प्रदेशसभाका ११० मध्ये १०१ जनाले मत खसालेका छन् । मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।