Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । 

२८ वर्षीया सीमा कुँवर भन्ने पार्वती कुँवरको हत्या गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अनुसन्धानका क्रममा मोहनले आपसी झै–झगडामा सीमाको हत्या गरेको खुल्न आएको छ ।

उनलाई छत्रेश्वरी गाउँपालिका–५, ढाकुडाँडास्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।   उनीमाथि ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सल्यानबाट आठ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।