Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका-६ बिरुखर्क बस्ने ३३ वर्षीय शेर बहादुर लम्का मगर रहेको प्रहरीले जनाएको छ ।

मगरलाई आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्ला मगरको हत्या गरेको आरोपमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले श्रीमतीलाई गए राति कोदालो र खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व र प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।