Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

गोठाटारमा हिन्दु विश्वविद्यालय निर्माण हुन्छ: पर्यटनमन्त्री किराती

 संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय निर्माण गर्ने बताएका छन् ।  आइतबार हिन्दू विश्व विद्यालय मस्यौदा समितिले पर्यटन मन्त्रालयलाई मस्यौदाको अन्तिम रुपको प्रतिलिपी बुझाउने क्रममा बोल्दै उनले गोठाटारको जग्गामा पशुपति हिन्दु विश्वविद्यालय निर्माणको लागि पशुपति विकास कोषबाट औपचारिक निर्णय गर्ने बताएका हुन् । 

मन्त्री किरातीले भने,‘अब गोठाटारको हाम्रो जग्गामा पशुपति हिन्दु विश्वविद्यालय निर्माणको लागि विकास कोषबाट औपचारिक निर्णय गराउनेछौं । त्यतिले नभए के गर्दा उपयुक्त हुन्छ त्यस बारेमा कोषसँग छलफल गर्नेछौं ।’ उनले पशुपतिनाथको आवरणमा लामो टुप्पी पालेर, पहेँलो लुगा लगाएर पशुपतिनाथलाई नै बेचेर खाने काम भइरहेको भन्दै त्यसको भत्र्सना गरे । गेरु बस्त्र लगाएर पाप छोप्ने छुट कसैलाई नभएको उनको भनाई छ ।  उनले भने,‘पशुपतिनाथको कभरभित्र लामो टुप्पी पालेर, पहेँलो लुगा लगाएर पशुपतिनाथलाई नै बेचेर खाने काम हिन्दुत्वलाई नै समाप्त पार्ने प्रयास हो । यो भत्र्सनापूर्ण छ । खेदयोग्य छ । गेरु बस्त्र लाएर पाप छोप्ने छुट कसैलाई छैन् ।’

उनले हिन्दु धर्म विरोधी बनाएर आफुमाथि जालझेल षड्यन्त्र भएर गुनासो गरे । षड्यन्त्र भन्दा सत्य हजार गुणा बलियो हुने भन्दै इमान्दारीताको गहिरो जरा कसैले ढाल्न नसकेको तर्क गरे ।