Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

चीनको एक विद्यालयमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु

चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । जसमा १३ जना छात्रछात्राको मृत्यु भएको हो । 

मृत्यु हुनेहरु सबै तेस्रो कक्षाका विद्यार्थी हुन् । आगलागी हुँदा छात्राबासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुसल बाहिर निकालिएको छ ।  सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो । 

आगलागीको कारणबारे भने केही खुलाइएको छैन । सो विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।