Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

संसदीय समितिका सभापतिलाई सभामुख घिमिरेले बोलाए

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन् ।  सभामुख घिमिरेले आइतबार विहान ११ बजे संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् । 

तर छलफलको विषय भने खुलेको छैन । सभामुख घिमिरेले विहान ११ बजे छलफलका लागि बोलाएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । 

सांसदहरुका अनुसार सभामुख घिमिरेले आफूले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको सन्दर्भमा छलफल गर्न लागेका हुन् । छलफलमा समितिका गतिविधि र कामका विषयमा कुराकानी गर्ने तयारी रहेको छ ।