थाइल्याण्डका एक नागरिकलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको छ । उत्तरी शहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्व प्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई निजी फेसबुक अकाउन्टमा पोष्ट गरेको आरोपमा ५० वर्ष लामो कारागार सजाय सुनाएको हो । मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो ।
उनलाई तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो । तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि थप सजाय सुनाइएको हो । ‘पुनरावेदन अदालतले मोङ्कोल थिराकोटलाई उहाँको २७ फेसबुक पोस्टमा ११२ का लागि २२ वर्षको सजाय सुनाएको छ, यो प्रारम्भिक अदालतले पहिला नै फैसला गरेको २८ वर्षको सजाय बाहेकको हो । उनको कुल कारागार सजाय ५० वर्षको छ’, थाई लयर्स फर ह्युमन राइट्स ९टीएलएचआर० ले विज्ञप्तिमा भनेको छ ।
थाइल्याण्ड ले प्रजातन्त्र समर्थक प्रदर्शनकारीविरुद्ध विवादास्पद कानूनको प्रयोगलाई बढावा दिएपछि यो सजाय धेरै वर्षपछि आएको हो । आलोचकले योसजायलाई असहमतिलाई मौन बनाउने रणनीति भनेका छन् । राजा महा वजिरालोङ्कोर्न र उनका निकट परिवारलाई आलोचनाबाट बचाउन सक्ने लेज–म्याजेस्टेलाई प्राय आपराधिक संहिताको प्रासङ्गिक खण्डपछि थाइल्याण्डमा ११२ भनिन्छ । टीएलएचआरका अनुसार यो सजाय शाही मानहानिका लागि दिइएको सबैभन्दा लामो सजाय हो । यसले सन् २०२१ मा कुनै एक महिलालाई दिइएको ४३ वर्षको कारागार सजायको पछिल्लो कीर्तिमानलाई तोडेको छ । एजेन्सी