Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

विल्सनको चलचित्र  ‘लाउरे एण्ड दाउरे’मा विजय बराल अनुबन्ध

 अभिनेता विल्सन विक्रम राईको डेब्यु निर्देशन रहने चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्ध भएका छन् ।
 
निर्माण टिमले बुधबार उनीसँगको सम्झौता गर्दै उनको फरक लुक्ससहतिको तस्बिर सार्वजनिक गरेको छ ।  चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्ध भइसकेका छन् । अभिनेत्री अन्य कलाकारको केही समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ । 

कमेडी र लभस्टोरी कथामा निर्माण हुन लागेको चलचित्रको कथा विल्सन स्वयंले लेखेका छन् ।  चलचित्रको निर्मातामा सरिना लामा छिन् ।