Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रधानमन्त्री कपमा आर्मी ९७ रनमा अलआउट

त्रिभुवन आर्मी क्लब ९७ रनमा अल आउट भएको छ ।  जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ९७ रनमा अल आउट गरेको हो । 

बागमतीका सूर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिङ लाइन धराशायी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७।१ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको हो ।  बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २(२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए । 

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए भने भीम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।