Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु

महोत्तरीको विजलपुराबाट जनकपुर आउँदै गरेको रेलमा सवार एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् । बिहान रेलमा सवार पण्डितको जनकपुर आउने क्रममा रेलको बोगीभित्रै मृत्यु भएको हो । 

बोगीमै सवार अन्य यात्रुका अनुसार टिटिले टिकट दिन भनेपछि उनी टिकट निकाल्ने बेला सिटमै ढलेका थिए । 

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ भने रिपोर्ट आएपछि मृत्युको कारण प्रष्ट हुने धनुषा प्रहरीले जनाएको छ ।