Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

मेयर साम्पाङले लगाए बीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा ताला

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायमुकायम उपकुलपति प्रा. डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

प्रतिष्ठानमा विवाद चलिरहेका बेला उपकुलपति भागेको भन्दै मेयर साम्पाङले सोमबार प्रतिष्ठानमै पुगेर कार्कीको कार्यकक्षमा आफैले ताला लगाएका हुन् ।


बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए । उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किएका छन् ।