Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

टुँडिखेलमा घाइते भएकाहरुको ट्रमा सेन्टरमा उपचार हुँदै

 काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका मानिसको भीड अनियन्त्रित भएको छ । सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेकाको भीड अनियन्त्रित भएको हो ।

त्यसक्रममा भागदौड हुँदा आठजना घाइते भएका छन् । उनीहरू टुँडिखेलबाट बाहिरिने क्रममा भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनका अनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । भागदौड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

सोमबार टुँडिखेलमा मगर र थारु समुदायले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए ।