Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रियसभा निर्वाचन: राप्रपाका थापाले लिए उमेदवारी फिर्ता,  ६ जनाको उमेदवारी कायमै

राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्यमा उमेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निरन्जनकुमार थापाले उमेदवारी फिर्ता लिएका छन् । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उमेदवारी फिर्ता लिएका हुन् । लुम्बिनीमा सातजनाको उमेदवारी दर्ता भएको थियो ।

थापाले उमेदवारी फिर्ता लिएपछि ६ जनाको उमेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।