Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रियसभा सदस्य निर्वाचनः आज उमेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन हुने

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि परेको उम्मेदवार विरुद्धको दाबीविरोध र उजुरीउपर आज र भोली छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

आयोगका अनुसार मंगलबार सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ ।

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन हुँदै छ । निर्वाचनका लागि सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।