Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि घट्यो सुनको मूल्य, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी र छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ । 

यस्तैगरी, चाँदीको मूल्य आज स्थिर छ । सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोहि मूल्य कायम छ ।