Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन

भ्रष्टाचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजले वीरगञ्जमा प्रदर्शन गरेको छ ।  समाजको २६ औं राष्ट्रिय परिषद् बैठक शुरु हुनुअघि शुक्रबार दिउँसो भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको हो । 

प्रदर्शनमा एनसेल घोटाला प्रकरणको विश्वसनीय र न्यायिक छानविन आयोग गठन हुनुपर्ने र उक्त प्रकरणमा संलग्न प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरुलाई कारवाही गर्नुपर्ने माग गरिएको थियो । प्रदर्शनमा ‘एनसेल महाघोटालाः राज्य विरुद्ध अपराध हो, देशलाई झण्डै तीन खर्ब रुपैंयाँ हानी पुर्याउने चलखेल राज्यविरुद्ध अपराध हो, सुन काण्डको मूल नाइकेलाई कारबाही खोइ?, नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषिलाई कारबाही खोइ?, अदालतको आदेश बमोजिम बालुवाटार जग्गा घोटालामा पूर्व प्रधानमन्त्री माधव नेपालमाथि छानविन खोइ?, अदालतको आदेश बमोजिम बालुवाटार जग्गा घोटालामा पूर्वप्रधानमन्त्रीहरुमाथि छानविन खोइ?’ भन्दै प्रदर्शन गरेका थिए ।

peace 1.jpg

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्वसभापतिहरु होमकान्त चौलागाई र डा.गंगाधर अधिकारी, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल लगायत वीरगञ्जका नागरिक समाजका सदस्यहरु गरि सयौँको सहभागिता थियो ।