संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी निवेदन परेको छ ।
आज बिहीबार मन्त्री किरातीविरुद्ध ध्रुवराज लुईटेलले हुलाकमार्फत जिल्ला प्रहरी परिसर काठमाडौँमा सो निवेदन दिएका हुन् । मन्त्री किरातीले धार्मिक भावनामा आँच पुर्याएको भन्दै उनले जाहेरी दिएका छन् ।
मन्त्री किरातीले पुस ४ गते क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो संविधान मान्दिन भन्ने देशद्रोही हुन् भन्दै देशद्रोहीलाई हतकडी लगाएर जेल हाल्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।
हेर्नुहोस् यो भिडियो ।