Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

केएमसीले डा विषदलाई कलेज छिर्न रोक लगाएकोप्रति संघको ध्यानाकर्षण

आवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले बिहीबार विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य डा दाहालको निलम्बन स्थगनको पत्र केएमसीमा पुगे पनि डा. दाहालाई प्रवेश गर्न नदिएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् ।

  स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरूलाई शैक्षिक गतिविधि बाहेक पीडादायक रुपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने चिकित्सा शिक्षा आयोगको ऐन विपरित समेत भएको र डा दाहाललाई  निलम्बन गर्नुअघि कलेज प्रशासनले कुनै पनि प्रष्टिकरणको अवसर समेत नदिइएकोप्रति भन्दै संघको आपत्ति छ विज्ञप्तिमा भनिएको छ । 

संघले डा दाहालको निलम्बन अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकमाथि नै लक्षित गर्दै गरिएको घटना भएको भन्दै सो घटनाको सत्यतथ्य छानबिन गर्न र निलम्बनमा परेका डा दाहाललाई न्याय प्रदान गर्न पनि माग गरेको छ ।

press.webp