Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

राष्ट्रियसभा निर्वाचन: अझै सिट बाँडफाँटमा सहमति जुट्न सकेन सत्ता गठबन्धनमा

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनभित्र राष्ट्रियसभा सदस्य निर्वाचनबारे सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताएका छन् । 

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध चार दलका नेताहरूको बैठकले सिट बाँटफाँटको विषय टुंग्याउन नसकेको हो । बैठकपछि सञ्चारकर्मीसँग कांग्रेसका प्रमुख सचेतक लेखकले नेताहरूका बीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगिन नसकेको बताए । आज साँझ वा शुक्रबार बिहान पुनः बस्ने गरी बैठक सकाइएको उनले जानकारी दिए । 

“एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरूका बीचमा राष्ट्रियसभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ,” उनले भने, “एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।”