Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

काठमाडौं जिल्ला अदालतबाट एक थुनुवा हत्कडीसहित फरार

काठमाडौं जिल्ला अदालतबाट एक जना थुनुवा हत्कडीसहित फरार भएका छन् । आज बुधबार प्रहरी वृत्त महाराजगञ्जले ३२ वर्षीय कमल खड्कालाई अदालत लग्दा फरार भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ । उनी ठगी मुद्दा प्रतिवादी हुन् । उनी कसरी भागेको भन्ने प्रहरीले खुलाइसकेको छैन ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको थियो । फरार खड्काको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।