Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।

उक्त लाभांश पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन्। तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।