Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो सुनको मूल्य, कतिमा पुग्यो तोलाको?

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार मंगलबार छापावाल १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन  १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।