Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

को हुन् प्रधानमन्त्री कार्यालयको गेटमा अर्धनग्न पुग्ने युवा?

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि तीन युवा अर्धनग्न अवस्थामा पुगेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको गेटअगाडि उनीहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ गरिएकालाई प्रहरी वृत्त सिंहदरबार राखिएको छ । उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’लगायत नारा लेखेका प्लेकार्ड देखाएका थिए । प्रहरीका अनुसार उनीहरू मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको खुलेको छ । सिंहदरबारबाहेक उनीहरूले बालुवाटार अगाडि समेत प्रदर्शन गरेका छन् । 

उनीहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।