Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

ओलीले मागे बालकुमारी घटनाबारे जवाफ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा किन गोली चलाएको भन्दै प्रश्न गरेका छन् । सोमबार मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले घटनाबारे उठाइएका प्रश्नको जवाफ माग गरे ।

“मारिए किन? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपर्‍यो? नगई नहुने त्यहाँ के पर्‍यो? थुप्रै प्रश्नहरू उठेका छन् । तिनको जवाफ के हो? हुलमा गएर, निहुँ खोजेर,” उनले भने, “उत्तेजित बनाएर गोली चलाएर, मान्छे मारेर ।”

गएको शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी जलाइएको थियो । झडपमा दुई युवकको मृत्यु भएको थियो ।