Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।