Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

प्राकृतिक वस्तुको प्रयोगमा पछाडी छौँ: सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राकृतिक रुपमा पाइने वस्तुको उचित प्रयोगमा मुलुक निकै पछाडी परिरहेको बताएका छन् । ललितपुरको जावलाखेल खेलमैदानमा आइतबार आयोजित एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ को उद्घाटन गर्दै मुलुकमा अथाह रुपमा पाइने प्राकृतिक वस्तुहरु रहेपनि यसको उचित प्रयोगमा नेपाल निकै पछाडी परिरहेको बताएका हुन् ।

उनले स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न बजारीकरणका विशेष ध्यान दिनुपर्ने धारणा राखे । सभामुख घिमिरेले नेपालमा च्याउलाई विस्तारै आत्मनिर्भर बनाउनुपर्ने र यसको उपयोगका लागि उचित प्रचार गर्नुपर्ने बताए ।

च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा भएको महोत्सवमा मेलामा च्याउसँग सम्बन्धित स्टलहरु रहेका थिए ।