Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

दुई दिन सार्वजनिक बिदा थप

सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् ।  “साविकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ,” उनले भनिन् । 

यी दुई बिदा पहिले दिने गरिएकोमा हटाइएको थियो ।