Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ईपीएस कोरिया शाखाले मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिने, बाँकी आन्दोलनमा

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएको छ ।

सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनु भनेर आदेश दिएको थियो । नयाँ फर्म खुला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरुलाई आवेदन फाराम भर्न दिनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश गरेको थियो । तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिने भएको हो ।

सिपबिल्डिङ परीक्षामा फेल भएका १८ जना बाहेकले भने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका छन् ।