Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

एकीकृत घुम्ती शिविरबाट चार सयबढी लाभान्वित

दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् ।

नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न सिफारि, ४२ जनाको मिर्गौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरलाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा दुई सय ३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको हो ।

अब नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ खार्मीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरको अवधि थोरै भएकाले सबैले सेवा लिन नपाएकाले सबै वडामा शिविर सञ्चालन हुन लागेको हो ।