Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो सुनको मूल्य , कति पुग्याे ताेलाकाे?

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार  छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार  भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।