सनातन धर्मावलम्बी नेपालीको आयोजनामा पर्यटन मन्त्री सुदन किराँतीविरुद्ध आज सोमबार काठमाडौँमा प्रदर्शन गरिएको छ ।
सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूले माग गरेका हुन् । मन्त्री किराँतीको राजीनामाको माग गर्दै उनीहरूले संसद् भवन घेराउ भन्दै विरोध प्रदर्शन गरेका छन् ।
उनीहरू विभिन्न ब्यानर र प्याम्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्याली गरेका थिए । केही दिन अघि एक कार्यक्रममा दिएको अभिव्यक्तिपछि मन्त्री किराँती विवादमा तानिएका छन् ।