Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लाल सागरमा २५ भारतीय सवार जहाजमा हुथीको आक्रमण

 कच्चा तेलको ट्यांकर बोकेको २५ भारतीय चालक दलका सदस्य सवार पानीजहाजलाई लाल सागरमा हुथी विद्रोहीले ड्रोन आक्रमण गरेको बताइएको छ । ड्रोन ठोक्किएपछि उक्त कच्चा तेलको ट्यांकरले सोही क्षेत्रमा रहेको अमेरिकी युद्धपोतलाई आपतकालीन फोन गरेको अमेरिकी सेनाले जनाएको छ ।

ग्याबोनको स्वामित्वमा रहेको एमभी साइबाबा नाामक ट्यांकरमा आक्रमणबाट कुनै क्षति भने नभएको र जहाजमा रहेका २५ भारतीय सकुशल रहेको अमेरिकी केन्द्रीय कमाण्डले पुष्टि गरेका छन् । यसअघि आज अमेरिकी सेन्ट्रल कमाण्डले हुथी विद्रोहीको आक्रमणमा परेका दुईवटा युद्धपोतमध्ये एउटा भारतको झन्डा भएको दाबी गरेको थियो । यद्यपि, भारतीय नौसेनाले एक विज्ञप्ति जारी गर्दै त्यसमा ग्याबोन झन्डा भएको र जहाजले भारतीय ढुवानी दर्ताबाट प्रमाणीकरण प्राप्त गरेको बताएको हो । यसबीच शनिबार नै हिन्द महासागरमा इरानबाट प्रक्षेपण गरिएको ड्रोनले एक रासायनिक ट्यांकरमा आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ ।

पेन्टागनले केम प्लुटो जहाज भारतको तटबाट करिब ३७० किलोमिटर टाढा रहेको स्थानीय समयअनुसार बिहान १० बजे आक्रमण भएको बताएको छ । आक्रमणपछि जहाजमा लागेको आगो निभाइएको र कुनै हताहत हुनबाट जोगिएको बताइएको छ । इजरायलले गाजामा गरिरहेको आक्रमणलाई लिएर रुस्ट यमनमा रहेका इरान समर्थित हुथी विद्रोहीले लाल सागरबाट यात्रा गरिरहेका जहाजमा ड्रोन र रकेट आक्रमण गरिरहेका छन् ।