Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रहरीको पिटाइबाट एक जनाको मृत्यु भएपछि धनुषाको हँसपुर तनावग्रस्त

प्रहरी कुटाईबाट एक जना स्थानियको निधन भएपछि धनुषाको हँसपुर–५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ ।  प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीय दिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरु प्रहरी चौकी घेराउ गरेको छ ।

 भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको जनाइएको छ ।  स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुई जना घाइते भएका छन् ।  घाइते हुनेमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको  रहेका छन् । दुवैको हातमा गोली लागेको छ । दुबै जनाको प्रादेशीक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानियको आरोप छ ।