Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

उदयपुरबाट १६ किलो अवैध गाँजा बरामद

 ताप्ली गाउँपालिका-२ लेखगाँउस्थित बाटो छेउबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकीरामपुरझिल्केबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।