Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

 सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार सिंहदरबारस्थित नयाँ कक्षमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

यसैबीच बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको  प्रवक्ता शर्माले जानकारी दिइन् ।