Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

एनसेल शेयर बिक्रीविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले एनसेलको शेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेशको छलफलका लागि आगामी पुस १६ गतेको पेसी तोकेको छ । दुवै पक्षलाई छलफलमा बोलाएर अन्तरिम आदेशका विषयमा निर्णय गर्नुपर्ने भन्दै इजलासबाटै पेसी तोकिएको हो ।

स्वतन्त्र सांसद अमरेस सिंहले गत मंसिर २२ मा एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा एनसेल आजियाटा लिमिटेडविरुद्ध रिट दायर गरेका थिए ।