Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

भिड व्यवस्थापन गर्न काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली

काठमाडौँ जिल्ला अदालतले सेवाग्राहीको भीड व्यवस्थापनका लागि टोकन प्रणाली शुरुवात गरेको छ । आज सोमवारदेखि जिल्ला अदालत काठमाडौँले व्यवस्थित र सहज रुपमा सेवा दिने उद्देश्यले टोकन प्रणालीको शुरु गरेको जनाएको हो ।

काठमाडौँ जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भिड नहोस् भनेर टोकन प्रणालीको शुरुवात गरेको बताए। उनले काठमाडौँ जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको बताए।

उनले भने, ‘काठमाण्डौ जिल्ला अदालतको काम व्यवस्थित र सहजीकरण होस्, सेवा लिने दिने क्रममा भिड नहोस् भन्ने उद्देश्यले टोकन प्रणाली शुरु गरिएको हो ।

काठमाडौँ जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने हाम्रो योजना हो । सहज ढंगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’ उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताउनु भयो । उहाँले अबदेखि उभिएर सेवा लिनुपर्ने अवस्था नआउने बताए ।