Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मेयर बालेनप्रति प्रधानमन्त्री प्रचण्डको आक्रोश

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति असन्तुष्ट देखिएका छन् । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आफ्ना कुरा नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

“अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई पहिले बोलेर हिड्नेसँग पनि अलेलि इरिटेसन हुन्छ,” प्रधानमन्त्रीले भने, “आफूले भन्ने कुरा जे छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।” आफूले मेयर बालेनका काममा समन्वय गरेको भए पनि उनले त्यसबारेमा नबोलेको भन्दै प्रधानमन्त्री आक्रोशित देखिए । “उहाँले भन्नुभो, यहाँबाट निक्लनेबित्तिकै हुन्छ । म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने– बालेन्द्रजी, तपाईंले चाहे त्यो वाग्मतीमा हस्तक्षेपको कुरालाई लिएर होस् या तिनकुनेको कुरालाई होस् । चाहे फोहोरमैला व्यवस्थापनका निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कतिपटक सिंहदरबारमा बैठक भयो?,” प्रधानमन्त्रीले प्रश्न गरे, “के अहिलेको प्रधानमन्त्रीजत्तिको सकारात्मक, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अरू कसैले कहीँ देख्नुभएको छ?”

प्रधानमन्त्री प्रचण्डले ‘काम गर्न बलचाहिँ गरिरहेको भन्न केले रोक्यो?’ भन्दै प्रश्न पनि गरे । “तपाईं त्यसलाई रिकोग्नाइज गर्न किन डराउनुहुन्छ रु तपाईं काठमाडौं पालिकाको मेयर हुनुको नाताले ललितपुर, भक्तपुरलाई समन्वय गर्ने तपाईंको बढी जिम्मेवारी छ । मैले तपाईंलाई सहयोग गर्छु भनेर लगातार गरेको कुरालाई रिकोग्नाइज गर्न केले रोक्यो?,” प्रधानमन्त्रीको प्रश्न छ ।