Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अर्जेन्टिनामा शक्तिशाली आँधी, १३ जनाको मृत्यु, विद्युत अवरुद्ध

अर्जेन्टिनाको बहिया ब्लाङ्कामा रहेको ब्युनस आयर्स बन्दरगाहमा शक्तिशाली आँधी आएको छ । शनिवार आएको आँधीमा परि १३ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

त्यहाँको मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत समेत आँधी सहितको हावाहुरीले उडाएको थियो । ‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको ज्यान गएको पुष्टि गरेको छ,’ नगरपालिकाले विज्ञप्तिमा भनेको छ । 

उक्त शहरमा एक सय ४० किलोमिटर ९८७ माइल प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्रगतिको हावा आएसँगै केही भागमा विद्युत समेत अवरुद्ध भएको जनाइएको छ ।