Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रियसभा निर्वाचनका लागि दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गर्दै आयोग

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ ।

दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गर्न लागेको हो । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।