Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

४५ लाख बुझाएर रिहा भए बालकृष्ण खाँण

 पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै खाण ७ महिनापछि थुनामुक्त भएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण वैशाख २७ गते पक्राउ परेका थिए । बिहीबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उनलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो ।